प्रिदहनीले जित्यो जिल्लास्तरीय फुटवल उपाधि
पुष १५ गते । चितवनको खैरहनी ११ मा आयोजित जिल्ला स्तरीय दराई नक आउट फुटवलको उपाधी आयोजक नेपाल दराई उत्थान समाज पिद्रहनीले जितेको छ । मंगलवार भएको फाईनलमा नेपाल दराई उत्थान समाज उज्वलनगरलाई ट्राईब्रेकरमा पराजीत गर्दै पिद्रहनीले उपाधीसंगै नगद ३५ हजार रुपैया र ट्रफी जितेको हो । निर्धारीत समयसम्म दुवै टिमबाट समान एक एक गोल भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट गरिएको थियो ।
ट्राईब्रेकरमा पिद्रहनी ४–३ गोल अन्तरले विजयी भयो । उपविजेता उज्वलनगरले २० हजार रुपैया पुरस्कार पाएको नेपाल दराई उत्थान समाज पिद्रहनीका सल्लाहाकार खुवलाल दराईले जानकारी दिए । विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी खैरहनी ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेती,नेपाल दराई उत्थान समाज पिद्रहनीका अध्यक्ष सन्तराम दराई,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,नेपाल दराई उत्थान समाज केन्द्रिय अध्यक्ष मंगलराम दराई लगायतले पुरस्कार वितरण गरे ।