युवा समाजसेवी आचार्यको पहलमा कान्दाका विद्यार्थीलाई न्यानो कपडा
पुष १५ गते । राप्ती नगरपालिकाको विकट मानिने कान्दाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । राप्तीकै युवा समाजसेवी केदार आचार्यको पहलमा राप्ती १३ स्थित कान्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कान्देश्वरी विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । गाडीको यात्रा पछि करिव ५ घण्टा पैदल हिडेर कान्दा पुगिन्छ । समाजसेवी रञ्जीत सेढाईको ५० हजार र समाजसेवी आचार्यको पहलमा संकलन गरिएको १ लाख ८० हजार बराबरको रकमले बिद्यार्थीलाई न्यानो कपडा सँगै शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
हाल कान्देश्वरी राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीलाई लक्ष्मी प्रतिष्ठानले छात्रावाससहितको सुबिधा दिएर पठनपाठन सञ्चालन गरि रहेको छ । आफ्ना दिबंगत २ छोराको सम्झनामा बिष्णु गौतमले कान्देश्वरी विद्यालयमा छात्रावास संचालन गरेका थिए । उनकै मिहनेतका कारण अहिले सम्म सो विद्यालयमा विद्यार्थी टिकिरहेको विद्यालयका प्रधानाध्यापक वालकृष्ण थपलियाले वताए ।