भ्रमण वर्षको पहिलो दिन सौराहामा फुड फेष्टिवल
पुष १५ गते ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० र अंग्रेजी नयाँ बर्षको पहिलो दिन भोली बुधवार साँझ चितवनको पर्यटकीय नगरी सौराहामा सडक फुड फेष्टिवल हुदैछ । रेष्टुरेष्ट एण्ड बार एसोसियसन(रेवान) सौराहाको अगुवाइमा सौराहा रेष्टुरेष्ट व्यवसायीहरुले मुख्य बजारको सडक किनारमा फुड फेष्टिवल गर्न लागेको रेवानका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । फुड फेष्टिवल सौराहाको हात्तीचोक देखि राप्ती बगर सम्म हुनेछ । सौराहा आएका पर्यटकलाई सडककै खाने र सडकमै रमाउने वातावरण बनाउन फेष्टिवल गर्न लागिएको खतिवडाले वताए । बजारका चोकचोकमा आयोजना हुने साँस्कृतिक कार्यक्रमबाट मज्जा दिने र सडक किनारको बनाइएको परिकार खाने वातावरण बनाइएको उनले वताए । भ्रमण बर्ष २०२० र अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्न सौराहाका व्यवसायीहरुले सौराहालाई सिंगारेका छन । भ्रमण बर्षको कार्यक्रम अन्तर्गत चितवन आउने पर्यटकलाई भरतपुर विमान स्थल र सौराहाको वसपार्कमा रत्ननगर नगरपालिका र व्यवसायीहरुले स्वागत गर्ने छ ।