चितवनमा एनसेल टावरमा आगजनी , जेनेरटरमा क्षती
प्रकाशित मिति: मंगलबार, पौष १५, २०७६ | २०:३०:१६
चितवन , १५ पुस ।
चितवनको कालिका नगरपालिकामा रहेको एउटा एनसेल टावरमा आगजनी भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ स्थित सन्यासी टोल नजिक रहेको टावरमा आज बेलुका आगजनी भएको हो ।
आगजनीबाट टावर नजिक रहेको जेनेरेटरमा क्षती भएको तर टावरमा क्षती नभएको प्रहरीले जनाएको छ । आगजनी कसले गर्यो भन्ने एकिन नभएको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, पौष १५, २०७६ |
२०:३०:१६
815