टाँडीका डिएसपी रिमालको सरुवा , कार्की आउने
प्रकाशित मिति: मंगलबार, पौष १५, २०७६ | २१:०२:०४
चितवन , १५ पुस।
चितवनको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख भावेष रिमालको महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण तथा विकास शाखा , काठमाडौँ सरुवा भएको छ ।
उनको स्थानमा महानगरीय अपराध महाशाखा टेकु ,काठमाडौँमा कार्यरत रविन कार्की आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले आज ७७ जना डिएसपीहरुको सरुवा निकालेको हो ।
को कहाँ पुगे , हेर्नुस्
प्रकाशित मिति : मंगलबार, पौष १५, २०७६ |
२१:०२:०४
683