त्रिशुलीमा कन्टेनर खस्दा १ जना बेपत्ता ,१ घाइते

त्रिशुलीमा कन्टेनर खस्दा १ जना बेपत्ता ,१ घाइते

चितवन , १५ साउन

नारायणगढ मुग्लिङ सडक खण्डमा एक कन्टेनर त्रिशुलीमा खसेको छ । चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेबाट आज दिउँसो ना ७ ख ३९३९ नम्बरको कन्टेनर त्रिशुली नदिमा खसेको हो ।

भरतपुरबाट मुग्लिङ तर्फ जादै गरेको बा२१च ११३३ नम्बरको कारलाई बिपरित दिशाबाट आई रहेको ना७ख ३९३९ नम्बरको कन्टेनरले ठक्कर दिदा उक्त कन्न्टेनर अनियन्त्रित भई सडकबाट करिव ८० मिटर तल त्रिशुली नदीमा खसेको हो । नदिमा कन्टेनर खस्दा कन्टेनरको चालक पर्सा जिल्ला बिरगन्ज बस्ने बर्ष ३६ को कम्लेश साह बेपत्ता भएका छन् । दुर्घटनामा परि कन्टेनरको सहचालक पर्सा जिल्ला बिरगन्ज बस्ने बर्ष २० को अजय साह गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । कारमा सवार सबै सकुशल रहेको चालक ईलाका प्रहरी कार्यालय मुग्लीङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।