त्रिशुलीमा बेपत्ता कन्टेनर चालकको शव फेला

त्रिशुलीमा बेपत्ता कन्टेनर चालकको शव फेला

चितवन , १५ साउन

त्रिशुली नदीमा बेपत्ता भएका कन्टेनर चालकको शव फेला परेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाँउपालिका ६ जलबिरे नजिकबाट एक कन्टेनर त्रिशुलीमा खसेको थियो । दुर्घटना बेपत्ता भएका कन्टेनरका चालक जिल्ला बारा बिरगंज निवासी बर्ष ३६ को कम्लेश शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज दिउँसो भरतपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २१ च ११३३ नम्बरको कारसँग विपरित दिशाबाट आइरहेको ना ७ ख ३९३९ नम्बरको कन्टेनर ठक्कर खाएर अनियन्त्रित भइ त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका कन्टेनरको सह चालक बारा जिल्ला बिरगंज निवासी बर्ष २० को अजय शाहको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।