राजकुमारको परिवारलाई १० लाख दिने सहमती

राजकुमारको परिवारलाई १० लाख दिने सहमती

चितवन,१७ साउन ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र कुटपिट भई मृत्युु भएका राप्ती(२ का राजकुमार चेपाङको शव परिवारले बुझ्ने भएका छन । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा राजकुमारका परिवारलाइ १० लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने सहमती भए पछि परिवारले शव बुझ्ने भएका हुन ।

बैठकमा मृतक राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाहि गर्ने, मृतककि छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने , राजकुमारको घर निर्माणमा आबश्यक बनपैदावर,कच्चापदार्थ र श्रम समेत निशुल्क उपलब्ध गराउने सहमती भएको बैठकमा सहभागी राप्ती नगरपालिका उपमेयर इमानसिह लामाले बताए । साउन १ गते चितवन निकुञ्ज भित्र माछा मार्न गएका राजकुमार सहित पांछ जनालाई सेनाले कुटपिट गरेको आरोप छ । कुटपिटबाट घाइते भएका राजकुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि उनका परिवार,आफन्त र स्थानीयले शव बुझेका थिएनन् । पोस्टमार्टम पछि राजकुमारको शव टिचिङ अस्पताल काठमाडौमा छ ।

शुक्रबार आजै नेपाल चेपाङ संघले भरतपुरमा पत्रकार सम्मेलन गरि मृतक राजकुमारको परिवारलाइ १० लाख राहत स्वरुप उपलब्ध गराउनु पर्ने लगायत माग राखेको थियो ।