निशाश मोटर्सले ल्यायो एभेन्जर १६० स्ट्रिट एबिएस ( विशेषतासहित )

निशाश मोटर्सले ल्यायो एभेन्जर १६० स्ट्रिट एबिएस ( विशेषतासहित )

चितवन, १५ असोज ।

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता रत्ननगर स्थित निशाश मोटर्सले नयाँ एभेन्जर मोटरसाइकल बजारमा ल्याएको छ । एभेन्जर १६० स्ट्रिट एबिएस मोटरसाइकल बिहिवार सार्वजनिक गरे संगै बिक्रि सुरु गरेको हो । सो मोटरसाइकलको निशाश मोटर्सका प्रबन्ध निर्देशक संजिब थापाले अनावरण गरे । यस अघि एभेन्जर १८० सिसिको मोटरसाइकल बजारमा आइसकेको छ । विभिन्न आकर्षक रंगहरुमा उपलब्ध हुने १६० स्ट्रिट एबिएसको मुल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको निशाश मोटर्सका सेल्स म्यानेजर रेजिन रिमालले जानकारी दिए ।

No description available.
१६० स्ट्रिट एबिएसका विशेषताहरु :
१. १६० सिसि डिटिएस आइ इन्जिन
२. डिजिटल मेसिन
३. एबिएस ब्रेकिङग
४. हाइड्रोलिक सन्स्पेन्सन
५. डिसि इग्निशन तथा लाइटिङ
६. वाइड ट्युबलेस टायरहरु
७. टेलिस्कोप फ्रन्टफोर्क
यसैबीच निशाश मोटर्सले दशै स्किम समेत सुरु गरेको छ । मोटर्सका प्रबन्ध निर्देशक संजिब थापाका अनुसार यो स्किममा नगद १० हजार छुट , ५० प्रतिशत डाउन्डपेमेन्टमा शुन्य ब्याजदर र २० प्रतिशत डाउन्डपेमेन्टमा बजाज मोटरसाइकल चढ्न पाइने छ ।