अमेरिकाको राजदूतमा युवराज खतिवडा नियुक्त

अमेरिकाको राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडौं,१५ असोज ।

अमेरिकाका लागि नेपाली राजदूतमा पूर्व अर्थमन्त्री डा। युवराज खतिवडा नियुक्त भएका छन् ।

आज(बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी राजदूतमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

डा। खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका छन् । उनले भदौ १९ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए । नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन् ।