सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी,१५ असोज ।

सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हरिनगरा– ४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

 

बुधबार राती उनले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले आज प्रहरीमा खबर गरेका थिए ।

 

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।