पहिलो पटक नेपालमा कोरोना संक्रमित डाक्टरको मृत्यु

पहिलो पटक नेपालमा कोरोना संक्रमित डाक्टरको मृत्यु

काठमाडौं,१५ असोज ।

नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित डाक्टरको ज्यान गएको छ ।

कर्णाली प्रदेशीक अस्पतालका अर्थोपेडिक सर्जन डा हरी सापकोटाको उपचारका क्रममा ज्यान गएको हो ।

डा.सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णााली प्रादेशीक अस्पतालका निर्देशक डा रविन खड्काले जानकारी दिए।

५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।