नेपालमा थपिए १९ सय ११ जना कोरोना संक्रमित,ज्यान गुमाउनेको संख्या ५०९ पुग्यो

नेपालमा थपिए १९ सय ११ जना कोरोना संक्रमित,ज्यान गुमाउनेको संख्या ५०९ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा आज थप ९६१ जना संक्रमित निको भएर घर फर्किएका बताए।

योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।पछिल्लो २४ घण्टामा १२ हजार ४४४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ३३ हजार ९४७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।