मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर एकको मृत्यु
प्रकाशित मिति: बिहिबार, आश्विन १५, २०७७ | १७:२७:२०
दाङ,१५ असोज ।
रोल्पामा मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
सुनील स्मृति गाउँपालका १, घोडागाउँका ४३ वर्षीय भरत नेपालीको मोबाइल चार्जमा राखेर भिडियो हर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता (प्रहरी निरीक्षक) शंकर खड्काले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, आश्विन १५, २०७७ |
१७:२७:२०
1541