चितवनमा आपूर्ति ब्यबस्थापन र बजार अनुगमन प्रभावकारी बनाइने

चितवनमा आपूर्ति ब्यबस्थापन र बजार अनुगमन प्रभावकारी बनाइने

ध्रुवराज खनाल ,

चितवन, १५  असोज  ।

चितवनमा आपूर्ति ब्यबस्थापन र बजार अनुगमन प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बिहिवार बसेको सरोकारवालाको बैठकले बर्तमान विषम परिस्थिति र नजिकिदै गरेको चाडवाडलाइ लक्षित गर्दै आपूर्ति ब्यबस्थापन र बजार अनुगमन प्रभावकारी बनाइने निर्णय भएको हो । बैठकले
कालोबजारी गर्नेलाई ठाँउको ठाउँमै जरिवाना गर्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने निर्णय गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ मा बजार अनुगमन र स्पटमै ५ हजार देखि ३ लाख सम्म जरिवाना गर्ने उल्लेख रहेको बताउदै शर्माले त्यस्तो पाइएमा सोही बमोजिम जरिवाना तिराइ कारबाही गरिने बताए । तर सूचनाको लागि व्यवसायीलाई एक हप्ताकाे समय दिइएको छ । निरन्तर अनुगमन तर स्थलगत जरिवाना एक हप्ता पछि मात्र लागू हुने सहायक प्रजिअ शर्माले बताए । बाणिज्य विभाग, बाणिज्य कार्यालय र निरीक्षण अधिकृत लाई कारबाहीकोअधिकार छ । अनुगमन अहिले पनि गरिरहेका छौ शर्माले भने – स्थलगत जरिवाना तत्काल नगरी अर्को हप्ता देखि लागू हुन्छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहका उद्योग बाणिज्य संघका अध्यक्ष , महानगर प्रतिनिधि, घरेलु कार्यालय , बाणिज्य कार्यालय वीरगन्ज समेतको सहभागीतामा रहेको थियो ।