पर्सा खैरहनी जेसीजद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

पर्सा खैरहनी जेसीजद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

चितवन , १५ असोज।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पर्सा खैरहनी जेसिजले खाद्यान्न सहयोग गरेको छ । जेष्ठ नगरिक दिवसको अवसर पारेर देवघाटमा रहेको एक वृद्धाश्रममा चामल , तेल , नुन , सरफ , साबुन , मास्क लगायतको सामाग्री प्रदान गरिएको हो । पर्सा खैरहनी जेसिज र पर्सा खैरहनी जुनियर जेसिजको संयुक्त आयोजनामा देवघाट स्थित एन आर एन वृद्ध आश्रममा खाद्यान्न सहयोग गरेको छ ।  वृद्ध अवस्था सबैको आउने भन्दै वृद्धवृधालाई माया गर्न आवश्यक रहेकोले जेसिजले खाद्यान्न सहयोग गरेको पर्सा खैरहनी जेसिजका अध्यक्ष कविर श्रेष्ठले बताए । उक्त वृधाश्रममा हाल ४६ जना वृद्धवृधा बस्दै आएका छन् ।