फेरि मर्‍यो गैंडा, साढे चार महिनामा १७ गैंडाको मृत्यु

फेरि मर्‍यो गैंडा, साढे चार महिनामा १७ गैंडाको मृत्यु

चितवन,१६ मंसिर ।

चितवन राष्ट्रिय निकुञ्जमा आज फेरि एउटा गैंडा मृत फेला परेको छ । अन्दाजी ३४÷३५ बर्षको बुढो भाले गैँडा निकुञ्जको कोर ईलाका रिऊ र राप्ती नदीको दोभानको दक्षिणी किनारामा साढे चार बजे फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

मृत भेटिएको गैडा बुढो भएका कारण कालगतिले मृत्यु भएको आँकलन गरिएको उनले बताए । सो गैँडा कार्यालयको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमित रुपमा देखिने गरेको र नियमित रेखदेखमा नै रहेको उनले बताए ।
कालगतिकै कारण मरेका गैडाँहरुको समेत निकुञ्ज कार्यालयबाट पशु् प्राविधिक खटाएर पोष्ट मार्टम गर्ने गरीन्छ । उक्त गैँडाको खाग तथा खुर सुरक्षित रहेको छ । यो संगै यस आ.व. २०७७÷७८ मा प्राकृतिक कारणले १३ र चोरी शिकारका कारणले ४ वटा गरी जम्मा १७ वटा गैडाको मृत्यु भएको छ ।