देशभर १३०४ कोरोना संक्रमित थपिए, हेर्नुहोस् कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौँ, १६ मङ्सिर ।

मंगलबार नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।

यस्तै हालसम्म ६१६ जना क्वारेन्टिनमा रहेका छन् ।

 

काठमाडौं उपत्यकामा थपिए ५३० संक्रमित

मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि हुनेमा २४० महिला र २९० जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ६१ र सुनसरीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को धुनषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिरहामा ५ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासी पूर्वमा १५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, वागलुङमा १३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा १४, प्यूठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ४५ जना कोरोना संक्रमित थपिएका छन।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १४, कैलालीमा ११, डडेल्धुरामा १२, डोटीमा १, दार्चुलामा १, बझाङमा १०, बाजुरामा ६ र बैतडीमा १८ कोरोनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।