कृषि क्याम्पसलाई जग्गा उपलव्ध गराउन माग

कृषि क्याम्पसलाई जग्गा उपलव्ध गराउन माग

चितवन,१६ मंसिर ।

क्याम्पस संचालन भएको २ वर्ष भन्दा वढि समय हुँदा पनि कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्र्तगतको रामपुर क्याम्पस खैरहनीले जग्गा प्राप्त गर्न सकेको छैन् । हाल खैरहनी नगरपालिकाले प्रदान गर्दै आएको भवनबाट क्याम्पसको कक्षा,प्रशासन,लाईव्रेरी र प्रयोगशाला संचालन भईरहेको छ ।

नगरपालिकाको वडा नम्वर ४ स्थित भुतियामा सो क्याम्पसलाई जग्गा दिने सरकारले निर्णय गरेको थियो । तर निर्णय मात्र भएको र कार्यान्वयन नहुँदा नगरपालिकाको भरमा चल्नु परेको छ । सरकारले दिने भनेको जग्गा प्राप्तीका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,खैरहनी नगरपालिका मेयर लालमणि चौधरी र रामपुर क्याम्पसका प्रमुख मिलन सुवेदीले वन मन्त्रालयका सचिव विश्वनाथ ओलीसंग भेट गरेका छन् ।

क्याम्पसलाई दिने भनिएको जग्गामा हाल शशस्त्र प्रहरीको वेश क्याम्प रहेको छ । सो जग्गा र त्यहाँका घर कृषि क्याम्पसलाई प्रयोग गर्नका निमित्त वन सचिवको ध्यनाकर्षण गराईएको भेटमा सहभागी जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले वताए । भेटका क्रममा वन सचिव पनि सकारात्मक रहेको उनले वताए । सो जग्गाको बारे स्थलगत निरीक्षणका लागि यसै साता वन सचिव ओली खैरहनी आउने आश्वासन दिएको खैरहनीका मेयर लालमणि चौधरीले वताए । २०७५ साल असार २५ गते उद्घाटन भएको रामपुर क्याम्पसमा विएसिएजीका कक्षाहरु संचालन भईरहेका छन् । हाल सो क्याम्पसमा १ सय ४७ जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पस प्रमुख मिलन सुवेदीका अनुसार खैरहनी मावि परिसरमा रहेको भवनमा कक्षा संचालन,दुर्गा मन्दिरमा रहेको साविक विद्यालयमा प्रयोगशाला,साविक पशु सेवा कार्यालय रहेको भवनमा लाईव्रेरी र वडा नम्वर ६ र ७ को वडा कार्यालय भवन नजिकै रहेको नगपालिकाकै भवनमा क्याम्पस प्रमुखको कार्यालय रहेको छ ।