काठमाडौंको खानेपानी लिमिटेडमा ४८ जनालाई रोजगारीको अवसर

काठमाडौंको खानेपानी लिमिटेडमा ४८ जनालाई रोजगारीको अवसर

काठमाडौं,१८ माघ।

उपत्यका खानेपानी लिमिटेडमा रोजगारीका लागि आवेदन खुला गरिएको छ । खानेपानी लिमिटेडले माघ १७ गते विज्ञापन जारी गर्दै ४८ जनाको माग गरेको हो ।
खुला , समावेशी र आन्तिरक प्रतियोगिताबाट रिक्त पदपूर्ति गरिने भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।

यस लिमिटेडले ओभरसियर, लेखा अधिकृत , कम्प्युटर अपरेटर, ल्याव टेक्निसियन, कानुन सहायक, हेभि इक्युपमेन्ट ड्राईभर, ईन्जिनियर, केमिष्ट लगायतका कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिने अन्तिम म्याद २१ दिन भित्र रहेको छ । दोब्बर दस्तुर तिरेर अन्तिम मिती पछिको ७ दिनसम्म पनि आवेदन दिन सकिनेछ । दरखास्त दस्तुर १५०० रुपैयाँ देखि २५०० रुपैयाँ सम्म लाग्नेछ भने दरखास्त फारम कम्पनीको मूख्य कार्यालय , त्रिपुरेश्वर स्थित मानव श्रोत विकास शाखामा पेश गर्नुपर्ने छ ।