चितवन क्रीकेट समर्थक समाजद्दरा रंगशाला निर्माणको लागि सहयोग

चितवन,१८ माघ।

नेपाल क्रीकेट समर्थक समाज चितवनले रत्ननगर महोत्सवमा संकलन गरेको २ लाख १६ हजार २ सय ९५ आज हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई हस्तान्तरण ।

रंगशाला निर्माणका सहयोग जुट्ने क्रम बढ्दै गइरहेको सन्दर्भमा आज क्रीकेट समाजले सहयोग गरेको हो । विभिन्न संघसस्था, महिला समूहहरुले सहयोग गरिरहँदा क्रिकेट खेलका समर्थकहरुले पनि सहयोग गर्न थालेका छन् । आम समर्थकहरुको प्रतिनिधि संस्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) ले रंगशाला निर्माणका लागि २ लाख १६ हजार २ सय ९५ सहयोग गरेको छ ।

नेपाल क्रीकेट समर्थक समाज चितवन र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका थिए । क्रिकेटका समर्थकहरुले रंगशाला निर्माणलाई तीव्रता दिने क्रममा श्रमदान समेत गर्दै आइरहेको छ ।