अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गल्छी गाउँपालिकाद्वारा एक सय टिप्पर बालुवा सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गल्छी गाउँपालिकाद्वारा एक सय टिप्पर बालुवा सहयोग

चितवन , १८ माघ

चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि एक सय टिप्पर बालुवा चितवन आइपुगेको छ । नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्‍याउन १०० टिप्पर बालुवा निःशुल्क ढुवानी गरेको छ । धादिङको गल्छी गाउँपालिकाले सहयोग स्वरुप उपलब्ध गराएको एक सय टिप्पर वालुवा चितवन आइपुगेको हो । गाउँपालिकाले उपलब्ध गराएको वालुवा नेपाल ट्रक तथा टिप्पर व्यवसायी समितीले निशुल्क ढुवानी गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ सहितको टोलि वालुवा लिएर चितवन आइपुगेका छन् ।

रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । रंगशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन ।
रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ ।