कोरोना भाइरसको शंकास्पद विरामीको उपचार गर्न भरतपुर अस्पतालमा छुट्टै कक्ष

कोरोना भाइरसको शंकास्पद विरामीको उपचार गर्न भरतपुर अस्पतालमा छुट्टै कक्ष

चितवन , १८ माघ ।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले समेत उच्च सतर्कता अपनाएको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष बनाएको छ । भरतपुर अस्पतालमा कोरोना भाइरसका शंकाूपद विरामीको उपचारको लागि पाँच शैयाको छुट्टै कक्ष बनाइएको हो ।

शकांस्पद बिरामीलाई परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरिएकोे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । अस्पतालले विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिएको पौडेलले बताए । कुनै बिरामीमा कोरोना भाइरसको संक्रमणको आशंका लागेमा विरामीको नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।