खोप्रा लेक क्षेत्रमा हराएका चार पदयात्रीको दुई दिनपछि सकुशल उद्धार

खोप्रा लेक क्षेत्रमा  हराएका चार पदयात्रीको दुई दिनपछि सकुशल उद्धार

म्याग्दी,१८ माघ ।

अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।

३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई आइतबार बिहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरेका हुन् ।