रत्ननगर जेसिजको पदस्थापन

चितवन , १८ माघ ।
रत्ननगर जेसिजको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका प्रदिप अधिकारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार भएको रत्ननगर जेसिजको पदस्थापन कार्यक्रममा रत्ननगर जेसिजको बर्ष २०१९ को अध्यक्ष सुवास पोखरेलले बर्ष २०२० को अध्यक्ष अधिकारीलाई पदहस्तान्तरण गरेका हुन् ।

त्यस्तै रत्ननगर जुाियर जेसिजको बर्ष २०१९ को अध्यक्ष रञ्जित घिमिरेले वर्ष २०२० का अध्यक्ष विदुर खनाललाई पदहस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्षहरु तथा कार्यसमितीले शुक्रबार नै सपथग्रहण समेत गरेका छन् । सोही अवसरमा बाबुराम परियारले जेसिज अफ दि इयर अवार्ड प्रदान समेत गरिएको छ । कार्यक्रममा जेसिजमा रही उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत गर्नुको साथै रत्ननगर जेसिजका पूर्व अध्यक्षहरुको प्रथम महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले जेसिजले सामाजिक काम गर्नुपर्ने भन्दै युवाहरुलाई देशमै आत्मनिर्भर बनाउने तर्फपनि लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, मातृ शाखा अध्यक्ष अनुप जोशी लगायतले मन्तव्य राखेका थिए ।