नारायणी किनारमा महायज्ञ बीचमै छाडेर भागेका भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी

नारायणी किनारमा महायज्ञ बीचमै छाडेर भागेका भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ,१८ माघ।

नारायणी नदि किनारमा आयोजना गरिएको महायज्ञको मुख्य संकल्पकर्ता आफूलाई विष्णु प्रपन्नाचार्य तथा बाल योगेश्वर बताउने धार्मिक प्रवचक विजय भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ।

ठगीको आरोपमा उनीविरुद्ध शुक्रबार प्रक्राउ पूर्जी जारी भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।भण्डारी हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।भण्डारी बिरुद्ध पाँचजनाले जाहेरी दिएको बोगटीले बताए।

उनी चितवनको नारायणी नदी किनारमा केही दिनअघि एक महिनाका लागि आयोजना गरिएको महायज्ञ बीचमै छाडेर भागेको थिए ।मुख्य पुराण वाचक भण्डारी विवादित भएपछि महायज्ञको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन महायज्ञको उद्घाटन नगरि फिर्ता भएका थिए।