सौराहाका होटल ,रेस्टुरेन्टको स्तरीकरण गरिदै
माघ १८ गते । पर्यटकीय क्षेत्र सौराहाका होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरिने भएको छ । पहिलो चरणमा अनुगमन गरिएका मध्ये १६ वटाको मात्रै स्तरीकरण भएको थियो । सरोकारवालाहरुको सयुक्त अनुगमन पछि स्तरीकरण हुनेछ । दोश्रो चरणमा आउँदो मंगलवार र बुधवार सौराहाका होटल र रेस्टुरेन्टको स्तरीकरण गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख विक्की राउतले जानकारी दिए । स्तरीकरण अघि अनुगमन हुनेछ । त्यसका लागि क्षेत्रीय होटल संघ चितवन र रेस्टुरेन्ट एण्ड बार एसोसियसन रेवान सौराहाले नेतृत्व गर्ने गरि डिभिजन कार्यालय सदस्य सचिव रहने,उपभोक्ता अधिकार मंच,प्रहरी,स्थानीय तह सदस्य रहेको समिति वनाईएको उनले वताए । ५० वटा सुचांकमा एक सय नम्वर राखिएको र त्यसकै आधारमा स्तरीकरण हुने राउतले वताए । ५० देखी ६४ अंक प्राप्त गर्नेले पहेलो स्टीकर,६५ देखी ७९ सम्मको लाई हरियोमा एक तारा,८० देखी ८९ सम्मको लाई हरियोमा २ तारा र ९० देखी १०० अंक पाउनेले हरियोमा ३ तारा भएको स्टीकर पाउनेछन् । पहेंलो स्टीकरलाई सन्तोषजनक,हरियोमा एक तारा पाउनेलाई मध्यम,हरियोमा २ तारा पाउनेले उत्तम र हरियोमा ३ तारा पाउनेलाई अतिउत्तम मानिन्छ । गत बिहीवार सौराहाका होटल र रेस्टुरेन्टका संचालकहरुलाई खाद्य सुरक्षाका बारे सचेतना दिईसकेको छ ।