
चितवन , १८ माघ।
चितवन प्रहरीले रत्ननगरको चित्रसारीको एक होटलमा छापा मारेको छ । इलाका प्रहरी कार्यालय टाँडीको टोलीले रत्ननगर नगरपालिका वडा नम्बर ६ चित्रसारी स्थित एक होटलमा छापामारी ८ जनालाई नियन्त्रणमा लिएको छ ।
होटलमा अनैतिक क्रियाकलाप तथा लागुऔषध सेवन हुनेगरेको गुनासो बढेपनि प्रहरीले छापा मारेको हो । होटलबाट प्रहरीले ४ जना महिला र ४ जना पुरुषलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाएको छैन ।