गैंडाकोटको मोनिका सुनचाँदी पसलबाट ७० तोला सुन र ८ लाख नगद चोरी
प्रकाशित मिति: आइतबार, फाल्गुण १८, २०७६ | ११:०१:३५
नवलपरासी,१८ फागुन ।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ । मोनिका सुनचाँदी पसलमा चोरी भएको छ।
आइतबार विहान करिब २ बजेतिर उमेश गहतराजले सञ्चालन गर्दै आएको पसलबाट सुनचाँदी चोरी भएको हो।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ। कति सुनचाँदी चोरी भएको हो भन्ने यकिन नखुलेको गैंडाकोट प्रहरीले जनाएको छ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १८, २०७६ |
११:०१:३५
2795