टी–ट्वान्टी कप क्रिकेटमा हङकङसँग नेपालको लज्जास्पद हार

काठमाडौं,१८ फागुन ।

एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाल पनि नेपाल हङकङसँग लज्जास्पद हार बेहोरेको छ ।

आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । थाइल्यान्डको बैंककमा भएको खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १११ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान गरे । नेपालका लागि ओपनरमा आएका कुशल मल्लले १९ रन बनाउँदा अविनाश बोहोराले १२ रनको योगदान गरे ।

बलिङतर्फ हङकङका लागि मोहमद अर्सदले सर्वाधिक चार विकेट लिए । त्यस्तै अफताब हुसेनले तीन विकेट लिए ।