शुरू भयो नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीलाई मनाउने शीर्ष नेताको प्रयास

शुरू भयो नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीलाई मनाउने शीर्ष नेताको प्रयास

काठमाडौं, १८ फागुन ।

सत्तारुढ दल नेकपाको सचिवालयको बैठक प्रधामनन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरू भएको छ ।बैठकमा प्रधामनन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सहभागी छन् । सचिवालयका बहुसंख्यक सदस्यहरू बुधवार बसेको सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय सभाको रिक्त सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिने रणनीतिमा छन् ।

बुधवारको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले बैठक सकिएको केहीबेरमा सो निर्णय नमान्ने बताएका थिए ।