वुहानबाट आएको जहाजका ‘क्रु मेम्बर’को क्वारेन्टाइन पूरा, रिपोर्ट नेगेटिभ, आजै घर पठाइने

वुहानबाट आएको  जहाजका ‘क्रु मेम्बर’को क्वारेन्टाइन पूरा, रिपोर्ट नेगेटिभ, आजै घर पठाइने

काठमाडौं,१८ फागुन ।

कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएको विमानको चालक दलका १८ सदस्यहरु आजै क्वारेन्टाइनमुक्त हुने भएका छन्।

४ फागुनदेखि दुई साता नगरकोटमा क्वारेन्टाइनमा रहेका उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण नरहेको पाइएपछि उनीहरु क्वारेन्टाइनमुक्त हुने भएका हुन्।

भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका १७५ जना विद्यार्थीहरुको पनि स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

उनीहरुको रिपोर्ट प्राप्त भएपछि र संक्रमणको कुनै लक्षण नपाइएपछि विद्यार्थीहरुलाई पनि क्वारेन्टाइन मुक्त गरिने मन्त्रालयले जनाएको छ।
संभवतः भोलि सोमबारसम्म विद्यार्थीहरु पनि आ–आफ्नो घर फर्किन सक्नेछन्।