बच्चा बोकेको महिलालाई कुट्ने इन्सपेक्टर कारबाहीमा (भिडियो)

बच्चा बोकेको महिलालाई कुट्ने इन्सपेक्टर कारबाहीमा (भिडियो)

ललितपुर, १८ फागुन ।

पूर्व जर्नेल हेम खत्रीको घरमा हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ ।

प्रारम्भिक छानबिनमा उनको गल्ती देखिएपछि तानिएको हो । उनले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहलाई छानविनको जिम्मा दिएको थियो ।

कुटपिट हुँदा हेमा बच्चा बोकेकी थिइन् । हेमा पछिल्लो समय विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छिन् । पूर्व जर्नेल खत्रीले माला शाहलाई बिहे गर्ने भनेर शोषण गरी कन्तबिजोक बनाएको भन्दै महिलाहरु उनको घरमा गएका थिए ।