कोरोना भाइरसबाट इरानमा सांसदको मृत्यु

कोरोना भाइरसबाट इरानमा सांसदको मृत्यु

तेहरान,१८ फागुन ।

कोरोना भाइरसका कारण इरानमा एक सांसदको मृत्यु भएको छ । इरानमा नौजना संक्रमितमध्ये एकजनाको मृत्यु भएको हो ।

यससँगै इरानमा ४३ जनाको मृत्यु भइसकेको छ । जुन चीनपछि उच्च मृत्यु संख्या इरानमा नै हो । साथै ५ सय ९३ जना संक्रमित छन् । इरानमा उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्तित्वमा कोरोना संक्रमण सरिसकेको छ । जसमध्ये पाँचजना सांसद छन् ।

पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु बन्द गरिएको छ ।