कोरोनाको प्रकोपः विश्वभर ४२ हजार वढीको मृत्यु, संक्रमितको संख्या ८ लाख ५९ हजार वढी

कोरोनाको प्रकोपः विश्वभर ४२ हजार वढीको मृत्यु, संक्रमितको संख्या ८ लाख ५९ हजार वढी

काठमाडौं ,१९ चैत्र ।

विश्वभर महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार विहानसम्म ४२ हजार ३३४ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि ८ लाख ५९ हजार ३४६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा १ लाख ७८ हजार १३१ जना उपचारपछि घर फर्किएका छन्

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि पछिल्लो सयय यो धेरै मुलुकमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ । तर, चीनमा भने यो भाइरस नियन्त्रणमा आइसकेको छ ।

नेपालमा पनि हालसम्म ५ जनालाई यसको संक्रमण देखिएको छ । त्यस मध्ये १ जना निको भइसकेका छन् ।
हालसम्म आउँदा अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा १ लाख ८९ हजार भन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । साथै, त्यहाँ ४ हजार भन्दा बढी मृत्यु भइसकेको छ ।
यस्तै, इटलीमा १ लाख ५ हजार भन्दा बढीलाई कोराना संक्रमण देखिएको छ । त्यसमध्ये साढे १५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै, स्पेनमा करिब ९६ हजार जनालाई यस भाइरसको संक्रमण देखिएको छ । स्पेनमा पनि करिव २० हजार मानिसको मृत्यु भइसकेको प्राप्त तथ्यांकले देखाउँछ ।

पछिल्लो तथ्यांक हेर्ने हो भने कोरोनाको संक्रमितको संख्या हप्ता दिनमा नै दोव्वर भन्दा बढीको भएको छ । साथै, मृतकको संख्यामा पनि सोही अनुरुप बढेको छ । जसअनुसार पछिल्लो समय कोरोना भाइरसकाले विश्वभर भयावह बन्दै गएको देखिन्छ ।