२६४ यात्रु लिएर नेपाल एअरलाइन्सको जहाज आज अस्ट्रेलिया जाने

२६४ यात्रु लिएर नेपाल एअरलाइन्सको जहाज आज अस्ट्रेलिया जाने

काठमाडौं, १९ चैत

नेपाल वायुसेवा निगमको वाइडबडी (एयरबस ३३०) आज साँझ अस्ट्रेलियाको ब्रिस्बन सहर जाँदैछ। इतिहासमै पहिलोपटक निगमको वाइडबडी चार्टर उडान मार्फत अस्ट्रेलिया जान लागेको हो।

नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपालमा अलपत्र परेका करिब २ सय ६४ जना अस्टे«लियाली नागरिक लिएर एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाका लागि उड्ने भएको हो।
निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि भन्दै खरिद गरेको दुई वटा ‘ब्राण्ड न्यु’ वाइडबडीमध्ये मकालु विमान ९एलएलजेड० अस्ट्रेलियाको ब्रिस्बेन जान लागेको हो।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार करिब १२ घण्टा ४० मिनेटको उक्त उडानमा २४ जना चालक दलका सदस्य रहनेछन्। उनका अनुसार ५ जना क्याप्टेन, एक जना कोपाइलट, १४ जना क्याबिन क्रु, २ जना इन्जिनियर र एक–एक जना फ्लाइट डिस्पाचर र लोड मास्टर्ड रहनेछन्। काठमाडौंबाट मलेसियाको क्वालालम्पुरमा इन्धन राखेर विमान अष्ट्रेलिया लाग्नेछ।

नेपाल नागरिक उडड्यन प्राधिकरण ९क्यान० का प्रवक्ता राजकुमार क्षेत्रीले बुधबार साँझ अष्टे«लियाको ब्रिस्बेनमा उडान भरेको निगमको एयरबस बिहीबार राती ११ बजे काठमाडौं अवतरण हुने जानकारी दिए। ‘हामीलाई निगमले दिएको जानकारी अनुसार बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्नेछ, उनले भने।

उनका अनुसार चैत १० गतेदेखि १८ गतेसम्म १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्। जसमा कतार एयरवेजको ६, कोरियनको १, इतिहादको १ र नेपाल वायुसेवा निगमको २ उडान भएका छन्। जसमा नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्झाउमा कार्गो उडान गरेको थियो।

निगमको वाइडबडी विमानले बिहीबार बिहान ८ बजे पुनः चीनको ग्वाङ्झाउमा कार्गो उडान गर्दैछ। यसअघि चीनबाट निगमको कार्गो विमानमार्फत आइतबार पहिलोपटक स्वास्थ्य सामग्री ल्याइएको थियो।

बुधबार ४ आन्तरिक उडान

बुधबार आन्तरिक उडानमा ४ वटा चार्टर उडान हुने भएका छन्। लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइड लिन तारा एयरको २ उडान र सीता एयरको १ उडान हुनेछ।

त्यस्तै सुर्खेतमा स्वास्थ्य सामग्रीसँगै स्वास्थ्य मन्त्रालयका ४ जना चिकित्सकसहित उडान भर्न एयर डाइनेष्टिकले उडान अनुमति पाएको छ।