कोरोनाबाट बच्न २० जना जर्मनी युवती लिएर भागे थाईल्याण्डका राजा !

कोरोनाबाट बच्न  २० जना  जर्मनी युवती लिएर  भागे थाईल्याण्डका राजा !

काठमाडौं,१९ चैत्र।

विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका १९९ देशमा कोरोनाको संक्रमण देखिएको छ । यस्तै थाइल्याण्डमा पनि कोरोनाभाइरसबाट हालसम्म १५ सय व्यक्ति संक्रमित भएका छन् । भने कोरोनाको संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ ।

अहिले थाइल्याण्डका जनता पनि कोरोनाभाइरसको संकटबाट गुज्रिरहेका छन् । यसैक्रममा हालै थाइल्याण्डका विवादित राजा महा वाजिरालोङकर्न उर्फ राम दशम एक्कासी जर्मनी पुगेका छन् । कोरोनाको संकटको बेला उनी अहिले जमनी पुगेर एक आलिसान होटलमा बसेका छन् । मिडियाहरुका अनुसार यस्तो बेलामा पनि उनी अहिले मोजमस्तीमै छन् । उनी २० महिला समेत साथै लिई जनतालाई छाडेर जर्मनी भागेको मिडियामा जनाइएको छ ।

मिडियामा कोरोना संकट गहिरिँदै जादा आफ्ना सेवकसँगै जर्मनीको आलिसान होटलमा बस्न गएको बतायएको छ । उनले होटल ग्राण्ड सोन्नेबिचलको पूरै बुक गरेका छन् । सन् २०१६ देखि थाइल्याण्डको राजगद्धीमा रहेका उनी मिनी राज्यमा २० युवती र ठूलो संख्यामा सेवकहरुसहित बसेका छन् । यो बारे जर्मन पत्रिका बिल्डमा छापिएको छ ।