रद्द गर्यो सरकारले ओम्नी समूहसँग गरेको सम्झौता
प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७६ | १७:०८:१०
काठमाडौ,१९ चैत्र ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ ।
कोरोनाभाइरस संक्रमण चेकजांच गर्ने मेडिकल सामाग्रीको टेण्डरमा भ्रष्टाचार भएको मिडियामा आए पश्चात विवाद चर्कियो जसले गर्दा सरकारले आज सम्झौता रद्द गरेको छ । ओम्निटेक कम्पनिलाई स्वास्थ्य मन्त्रालयले रातारात टेण्डर दिएर चर्को मूल्यमा समानहरु खरिद गरे पश्चात विवाद चर्किएको थियो ।
सरकारले सो कम्पनीसंग एकलट सामान ल्याइसकेको छ भने अर्को लट ल्याउन अघि रद्द गरिएको छ । ओम्नी समूहसँग ५ करोड रुपैयाँ धरौटी समेत जफत गरेको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उल्लेख गरेका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६ |
१७:०८:१०
3103