कोरोना अस्पतालका मृतकको शव ४ दिनसम्म उठेन

कोरोना अस्पतालका मृतकको शव ४ दिनसम्म उठेन

बुटवल ,१९ चैत्र ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव ४ दिनसम्म उठ्न सकेको छैन ।

कोरोना भाइरस संक्रमणको आशंकामा भर्ना गरिएका थापाको १६ चैतमा मृत्यु भएको थियो। थापाको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. सुर्दशन थापाले बाबुरामको मृत्यु निमोनियाले भएको रिपोर्ट आएको जानकारी दिए।

उनका अनुसार शव बुझ्नका लागि परिवारलाई खबर गरिएको छ।

सरकारले मृत्युको यथार्थ रिपोर्ट र क्षतिपूति दिनुपर्ने माग राख्द परिवारले बाबुरामको शव बुझेका छैनन्।

मृतक थापाकी पत्नी रिताले अस्पतालसम्म हिड्दै पुगेका आफ्ना पतिसँग भोलिपल्टसम्म फोनमा कुराकानी भएको तर चिकित्सकले अर्को दिन मृत्यु भयो भन्नु अस्पतालको लापरबाही भएको आरोप लगाइन्।

पाल्पा रिब्दिकोट गाउँपालिका-६ मा स्थायी घर भएका थापाको परिवार सैनामैना नगरपालिका-४ सिसौडाँडामा डेरा गरेर बस्दै आएका थिए।

६ चैतमा दुवईबाट नेपाल आएका उनलाई हल्का ज्वरो देखिएको थियो । थापा १३ चैतमा अटो रिक्सामा लुम्बिनी प्रादेशिक अस्पताल गएका थिए।

त्यहाँबाट उनलाई आइसोलेसनमा राखेर उपचारको लागि बुटवलको धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पताल पठाइएको थियो।