खैरहनीको दुईवटा मदिरा भट्टीमा प्रहरीको छापा , अवैध मदिरा नष्ट

खैरहनीको दुईवटा मदिरा भट्टीमा प्रहरीको छापा , अवैध मदिरा नष्ट

चितवन , १९ चैत
चितवनको खैरहनीमा रहेको दुईवटा मदिरा भट्टीमा प्रहरीले छापा मारेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ र ८ मा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने दुईवटा भट्टीमा प्रहरीले बुधबार बेलुका छापा मारेको हो ।

दुईवटा भट्टीबाट प्रहरी करिब एक हजार तिन सय लिटर कच्चा पदार्थ र करिब एक सय ९० लिटर तयारी मदिरा फेला पारेको थियो । खैरहनी २ स्थित लक्ष्मी श्रेष्ठको घरबाटे एक सय लिटर तयारी मदिरा र करिब ५ सय लिटर कच्चापदार्थ , खैरहनी ८ स्थित रमा तमाङको घरबाट ९० लिटर तयारी मदिरा र करिब ८ सय लिटर कच्चापदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

स्थानिय जनप्रतिनिधिहरुको रोहबारमा कच्चापदार्थहरु सोहि स्थानमा नष्ट गरिएको र तयारी मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । प्रहरीले मदिरा बनाउन प्रयोग गरिने र भण्डारण गर्ने करिब तिन दर्जन भाडाकुडा समेत नियन्त्रणमा लिएकोे छ । अवैध रुपमा निर्माण गरिएको घरेलु मदिरामा प्लाष्टिक , कुहिएको खानेकुरा लगायतको बस्तुहरु हालेको समेत देखिएको प्रहरी निरिक्षक मगरले बताए ।