चितवनमा लकडाउन उलंघन गर्ने १ सय १५ जनालाई होल्ड गरि छाडियो

चितवनमा लकडाउन उलंघन गर्ने १ सय १५ जनालाई होल्ड गरि छाडियो

चितवन , १९ चैत
सरकारले लागु गरेको लकडाउनको उलंघन गर्ने १ सय १५ जनालाई प्रहरीले दिनभर होेल्ड गरेको छ । चितवनको विभिन्न स्थानमा अत्यावश्यक काम बाहेका घरबाट बाहिर निस्केकाहरुलाई प्रहरी दिनभर होल्ड गरेर बेलुका छाडेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले १ सय २८ वटा सावरीसाधनलाई नियन्त्रणमा लिएको छ । अत्यावश्यक काम बाहेक हिडेका सावरीसाधनहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको सवारीसाधनहरुलाई दुईदिन नियन्त्रणमै राखिने अनि जरिवाना गरेर छाडिने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । प्रहरीले ७४ वटा मोटरसाइकल , ३० वटा स्कुटर , ५ वटा बोलेरो , ३ वटा बस , ३ वटा कार २ वटा माइक्रो , २ वटा स्कार्पियो , एउटा अटो र ८ वटा साइकल नियन्त्रणमा लिएको थियो ।