नेपालमा कोरोना अपडेट: पछिल्लो २४ घण्टामा १४६१ जनाको परीक्षण, संक्रमितको संख्या ५९ पुग्यो

नेपालमा कोरोना अपडेट: पछिल्लो २४ घण्टामा १४६१ जनाको  परीक्षण, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं ,१९ वैशाख

नेपालमा हालसम्म ४९ जना पुरुष संक्रमित र १० महिला गरी कुल संक्रमितको संख्या ५९ जना पुगेको छ ।रुपन्देही निवासी २५ वर्षीय पुरुष तथा नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुषमा आज ९शुक्रबार० कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुगेको हो ।

संक्रमित दुबै जनालाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म पिसीआर विधीमार्फत् १२ हजार ५ सय ७ठ जना र आरडिटी विधीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण भएको जानकारी दिए ।

गत २४ घण्टामा मात्रै १ हजार ४ सय ६१ जनामा कोरोना जाँच गरीएको छ ।

उनका अनुसार आरडिटी विधीमार्फत् प्रदेश १ मा ५ हजार ८९, प्रदेश २ मा ५ हजार ६ सय १७, वाग्मती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णालीमा ५ हजार ५ सय ६७ जना, सुदूरपश्चिममा १३ हजार ५ सय ८४ जनाको कोरोना परिक्षण गरिएको छ ।

आज ९शुक्रबार०सम्म क्वारेन्टाईन्मा बस्नेको संख्या २४ हजार ९ सय ७ रहेको छ । यीमध्ये प्रदेश १ मा २ हजार ८ सय ७७ प्रदेश २ मा १ हजार ३३२ जना, वाग्मती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ७ सय ८ जना, प्रदेश ५ मा १२ हजार १ सय ६३ जना, कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टाईनमा बसिरहेका छन् ।

यस्तै कोरोना संभावित ९४ जना आईसोलेसनमा छन् । काठमाडौंमा ५ र काठमाडौंबाहिर ८९ जना आईसोलेसनमा रहेका छन् ।

त्यस्तै विभिन्न प्रदेशबाट आफूलाई कोरोना संक्रमणको संभावित लक्षण देखिएको भन्दै मन्त्रालयको वेवसाईटमा आफ्ना स्वमूल्याकंनको लागि फाराम भर्ने कुल २९ हजार ३ सय ८४ जना मध्ये ३ सय १५ जना रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै २ सय ४७ कलहरु आएकोमा ३ जना रेड जोनमा छन् ।

हालसम्म नेपालमा पुष्टि भएका संक्रमितहरुमध्ये रुपन्देशीमा १ जना, नेपालगञ्जमा १ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगंगनमा ८ जना विराटनगरमा ३१ जना गरी ४३ जना उपचाररत छन् । आजका मितीसम्म उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।