भारतमा एकैदिन भेटिए साढे ५४ हजार संक्रमित
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७ | १२:२६:४४
काठमाडौं,१८ साउन
भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । शनिबार यहाँ ५४ हजार ७ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा यहाँ ८ सय ५३ को मृत्यु भएको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोनाका १७ लाख ५० हजार ७ सय २४ संक्रमित भइसकेका छन् जबकी मृतकको संख्या ३७ हजार ३ सय ६४ रहेको छ ।
यहाँ हालसम्म ११ लाख ४५ हजारभन्दा बढी यो रोगबाट निको भइसकेका छन् । हाल, यहाँ ५ लाख ६७ हजार ७ सय ३० सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : आइतबार, साउन १८, २०७७ |
१२:२६:४४
1189