सिरहाका ११५ वर्षीय सम्मानित

सिरहाका ११५ वर्षीय सम्मानित

लहान, १६ असोज

मुक्ति नेपाल सिरहाले ११५ वर्षीय नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले पौष्टिक आहारसहित दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो । संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रम निर्देशक श्यामकुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष वीरेन्द्र सिंहलगायतको सहभागिता थियो ।रासस