मकवानपुरका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

मकवानपुरका कोरोना संक्रमितको भरतपुरमा मृत्यु

चितवन,१६ असोज  ।

चितवनमा कोरोना संक्रमित थप एक जनाको शुक्रबार मृत्यु भएको छ । जिल्ला अस्पताल भरतपुरमा उपचाररत हेटौंडा ७ न्युरेनिका ७८ बर्सिय पुरुषको बिहान ७स्३० बजे मृत्यु भएको हो । उनी निमोनउनिका बिरामी समेत थिए । स्वास्थ्यमा समस्या आए पछि नयां मेडिकल कलेज भरतपुरमा उपचार गराई रहेकोमा बिहिवार राती रिफर भइ जिल्ला अस्पताल भरतपुर ल्याइएको थियो । जिल्ला अस्पताल भरतपुरमा आई ओभिड आइसियुमा भर्ना भएकोमा निजको शुक्रबार बिहान ७स्३० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।