
काठमाडौं,१६ असोज ।
शुक्रबार नेपालमा २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए। योसँगै नेपालभर निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।
शुक्रबारसम्म ४ हजार ८८५ जना क्वारेन्टाइनमा रहेका छन् भने २१ हजार २३४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार ७३९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १० लाख ४८ हजार ६८६ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ ।