भोलि विहानैदेखि चितवनमा विद्युत नहुने

भोलि विहानैदेखि चितवनमा विद्युत नहुने

चितवन,१६ असोज ।

शनिबार चितवनमा विहानैदेखि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले  शनिबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म चितवन जिल्लाभर विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।  नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले भोलि जिल्लाभर नै विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।

भरतपुर बाइपास सडक खण्डका विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको विद्युत् प्राधिकरण भरतपुर वितरणका केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिए ।

प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगतका स्थानहरुमा विहान ७ बजेदेखि दिउँसो १ बजे, भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरगत विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगतका क्षेत्रहरुमा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणका प्रमुख महतोले जानकारी दिए ।