जनजीवनमाविमा पोषण पैरवी कार्यक्रम
पुष १७ गते । खैरहनी नगरपालिका २ मा रहेको जनजीवन माध्यमिक विद्यालयमा विहीवार बालबालिकाहरुको पोषण व्यवहार परिवर्तनका लागि सरोकारवालाको भुमिका विषयक पोषण पैरवी कार्यक्रम गरिएको छ । जनजीवन माध्यमिक विद्यालयको आयोजनाा भएको कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले जंगफुडका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको भन्दै पोषणलाई ध्यान दिनु पर्ने वताए । सो विद्यालयमा त्रिभुवन विश्वविद्यालयले रुपान्तरण परियोजना संचालन गरेर पोषण लगायत पाँच क्षेत्रमा अध्ययन गरिरहेको छ । वाहिर पसलमा पाईने पोका खाजाबाट विद्यार्थीमा असर गरेको अध्ययनले समेत देखाएको छ वडाध्यक्ष इटनीले भने – विद्यालयमा स्वास्थ्यसहितको शिक्षा दिन जरुरी छ । सो विद्यालयमा दलित जनजातिका विद्यार्थीको वाहुल्यता रहेकाले उनीहरुले वाहिरका खाजा खाने गरेकाले स्वास्थ्यमा असर परेको उनको भनाई थियो । कार्यक्रममा सहजीकरण गर्दै डाक्टर अरुणा उप्रेतीले पोषण विनाको खानेकुराले स्वास्थ्यमा दिर्घकालिन असर गर्ने वताईन् । यसमा विद्यार्थीका अभिभावकले चासो दिनु पर्ने डाक्टर उप्रेतीले वताईन् । नगरका विभिन्न विद्यालयबाट सहभागी शिक्षकहरु,अभिभावक,व्यवस्थापन समिति प्रतिनिधीको सहभागीता रहेको कार्यक्रममा जनजीवन माध्यमिक विद्यालयमा पोषणका क्षेत्रमा परियोजनाले गरेका गतिविधीका बारे सोधकर्ता यदुराम उप्रेतीले जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक गोपालल शर्माका अनुसार परियोजनाले पोषणसंगै इको सान शौचालय,सेनेटरी प्याड निर्माण गर्न सिकाउने,तनाव व्यवस्थापन,सकारात्मक सोचको विकास गर्न सिकाउँदै आएको छ ।