किसानलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन पार्टी र सरकार लागि रहेको छ : पूर्व प्रधानमन्त्री प्रचण्ड
चितवन , १७ पुस।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरुलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन आफ्नो पार्टी र सरकार लागिरहेको बताएका छन् ।
चितवनमा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १२ औं बार्षिक साधारणसाभा तथा तालिम भवन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले सामाजिक न्याय , समाजवादको आधार तयारको निम्ती किसानहरुलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन लागिरहेको दावी गरे । नेपाल मासु , तरकारी , फलपूल लगायतको धेरै क्षेत्रमा आत्निर्भर हुन लागेको भन्दै समाजमा पिछाडीएको जातीहरुलाई समेत सहकारीले आर्थिक विकासको मूलधारमा ल्याएकोमा खुसी व्यक्त गरे ।पूर्व प्रधानमन्त्री प्रचण्डले सार्वजनिक, निजी र सहकारीको साझेदारीमा मुलुकको विकास हुने समेत बताए ।
कृषि सहकारीले तल्लो तहका जनतालाई संगठित गराउँदै आर्थिक क्रान्तीमा सहभागी गरेकामा प्रसंसा गर्दै उनले उत्पादनलाई बढाउन तर्फ ध्यान केन्द्रित हुनु पर्ने औल्याए । सो अवसरमा कृषि मार्फत उद्यमी बनेका चितवनका रामहरी उप्रेतीसहित २३ जना कृषकहरुलाई ताम्रपत्रसहित नगदले सम्मान गरिएको थियो । करिब ३ करोडको लागतमा आवासीयसहित तालिम केन्द्रका लागि २ वटा भवनको उद्घाटन गरिएको हो । संघका केन्द्रिय अध्यक्ष खेमवहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले तल्लो वर्गको उत्थान बिना समृद्धी नआउने बताए ।
नेपाल सरकारको ८० प्रतिशत र संघको २० प्रतिशत साझेदारीमा केन्द्र निर्माण गरिएको हो । आफ्नै ४ बिगाहा जमिन समेत रहेको सो केन्द्र मार्फत कृषि र सहकारीका तालिम संचालन गर्नुका साथै केही समय पछि शीप मुलक तालिम पनि दिईने सचिव हरि प्रसाद पौडेलले बताए ।