सौराहाचोकमा चिकेन एण्ड एग फेष्टिवल हुने

सौराहाचोकमा चिकेन एण्ड एग फेष्टिवल हुने

चितवन , १७ पुष ।
रत्ननगर महोत्सवको अवसरमा चिकेन एण्ड एग फुड फेष्टिवल आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखी टिकौलीमा १० औं रत्ननगर महोत्सव हुदैछ भने त्यसैको अवसर पारेर सौराहाचोकको वसपार्कमा चिकेन एण्ड एग फेस्टिवल गर्न लागिएको हो ।

कुखुराको मासु र अण्डाको खपत बढाउन,विभिन्न जातजातीको खानाको प्रर्बधन गर्न फेष्टिवल आयोजना गरिएको फेस्टिवलका संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञान वहादुर विसुरालले जानकारी दिए । फेस्टिवल यही पुष २९ गतेदेखी माघ ४ गते सम्म हुने उनले वताए । ५० वटा स्टल रहने फेस्टिवलका लागि विहीवार सम्म ३० वटा स्टल बुक भईसकेको छ । फुडफेष्टिवलमा अण्डाका १६ परिकार,कुखुराको उपभोक्ताको चाहना अनुसारका परिकार,बंगुराका परिकार तथा विभिन्न जातजातीका संस्कृतिसंग जोडिएका परिकारहरुको स्वाद चाख्न पाईने छ ।

पोल्ट्री जन्य उत्पादनमा अग्रणी जिल्ला चितवनको पूर्वी क्षेत्रमा ६० प्रतिशत पोल्ट्री जन्य उत्पादन हुँदै आएको छ । फेष्टिवलको सहयोगीसंस्थाहरुमा पूर्वी चितवन कुखुरा व्यवसायी संघ,रत्ननगर नगरपालिका,नेपाल मावि तथा प्रायोजकमा जावलाखेल ग्रुप अफ इण्डिष्टिज र सहप्रायोजकमा किसान दाना उद्योग रहेका छन । यही पुस २५ गतेबाट रत्ननगर महोत्सव २०७६ सुरु हुदैछ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवको उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्ने संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए ।